रेशम चौधरी किन पुगे बाजागाजासहित निर्वाचन आयोग? यस्तो छ कारण!

12.8k Shares

काठमाडौँ: रेशम चौधरीका समर्थक दल दर्ता गर्न निर्वाचन आयोगमा पुगेका छन् । नागरिक उन्मुक्ति पार्टी दर्ताका लागि रेशम चौधरीका समर्थकहरु निर्वाचन आयोगमा पुगेका हुन् ।

सो पार्टीका नेता-कार्यकर्ताहरु चौधरीका तस्वीर अंकित प्लेकार्ड र ब्यानर बोकेर दल दर्ताको निवेदन दिन निर्वाचन आयोगको कार्यालयमा पुगेका हुन् ।

उनीहरु काठमाडौंको भृकुटीमण्डपबाट बाजागाजा र झाँकीसहित आयोगको कार्यालय कान्तिपथ पुगेका छन् । र्‍यालीमा चौधरीकी श्रीमतीसमेत छिन् ।

टीकापुर हत्याकाण्डका प्रमुख आरोपी रेशम चौधरी भने जेलमा छन् । जसपाको आधिकारिकता विवाद निरुपणको क्रममा निर्वाचन आयोगले गराएको सनाखतमा उनी तटस्थ बसेका थिए ।

ताजा अपडेट
सम्बन्धित समाचार