मेरो काँधमा ठूलो जिम्मेवारी आएको महसुस गरेको छु :प्रचण्ड

12.7k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौँ : नेकपा माओवादी केन्द्रका नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो लागि यो अन्तिम अवसर भएको अभिव्यक्ति दिएका छन् ।  

पार्टीको आठौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको पहिलो बैठकले अध्यक्षमा निर्विरोध चयन गरेसँगै सम्बोधन थालेका प्रचण्डले भने, ‘मेरो काँधमा ठूलो जिम्मेवारी आएको महसुस गरेको छु। उमेर हदका कारण होस् या अन्य कुनै कारणले होस् पार्टी, जनता र देशको लागि सेवा गर्न यो मेरो लागि अन्तिम अवसर र चुनौति पनि हो । सबैलाई धन्यवाद ।’

यति लामो समय राजनीतिक घटनाक्रम र उतारचढावबाट गुज्रिएर अहिलेसम्म सक्रिय राजनीतिमा कायमै रहँदा भिन्न भूमिकामा जानु पर्दैन भन्ने लागेपनि देश र पार्टीलाई अझै सुदृढ गर्ने आवश्यकताको महसुस हुँदा सक्रिय हुनुपर्ने बाध्यता रहेको उनको भनाई थियो । 

त्यस्तै, अध्यक्ष प्रचण्डले नेतृत्व चयनलाई लिएर आफ्नो पार्टीको महाधिवेशनलाई अपमान गर्न खोजेको दुखेसोसमेत पोखेका छन् । ‘मैले कतिपय मिडियामा झल्याकझलुक पनि देखेँ, प्रचण्डले ताली बजाउन भन्यो, प्रतिनिधिले बजाए र महाधिवेशन सकियो भन्ने खालका । यसले हाम्रो अपमान गर्न खोजिएको छ । महाधिवेशनमा आएका १८ सय प्रतिनिधिको अपमान भएको छ । मलाई दुःख लागेको छ ।’ उनले भने । 

ताजा अपडेट
सम्बन्धित समाचार