देशको शासन गरिरहेका राजनीतिक दलहरुले राजनीतिप्रति जनताको आकर्षण बढाउन जरुरी छ :विश्वप्रकाश शर्मा

9.5k Shares
सम्बन्धित पार्टी

काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पिछडिएका समुदायलाई माथि उठाउन सबै राजनीतिक दल एक भएर उभिनुपर्ने बताएका छन् ।

देशको शासन सञ्चालन गरिरहेका प्रमुख राजनीतिक दलहरुले राजनीतिप्रति जनताको आकर्षण बढाउन थप जिम्मेवार बन्नुपर्ने उनले उल्लेख गरे ।

झापाको कनकाईमा प्रजातान्त्रिक आन्दोलनका अगुवा स्व. तुर्सा हेमरमको २४औं स्मृति दिवसका अवसरमा आयोजित स्मृतिसभामा महामन्त्री शर्माले मुलुकको समृद्धिका लागि शासन व्यवस्था स्थिर हुनुपर्ने उल्लेख गर्दै विचार अलग भए पनि उद्देश्य एउटै बनाएर साझा सहमतिमा अघि बढ्न सकेमा कसैले निराश बन्नु नपर्ने धारणा राखे ।

उनले सबैको भावना एक बनाएर देशलाई समृद्धिको यात्रामा अघि बढाउनुपर्नेतर्फ जोड दिएका छन् ।कनकाई नगरपालिका-१ स्थित नगरपालिकाको कार्यालय नजिकै निर्माणाधीन तुर्सा हेमरम स्मृति प्रतिष्ठान परिसरमा आयोजना गरिएको विविध सांस्कृतिक प्रस्तुतिसहितको स्मृतिसभामा स्व हेमरमको राजनीतिक योगदान र जीवनीका बारेमा चर्चा गरिएको थियो ।

 

ताजा अपडेट
सम्बन्धित समाचार