काठमाडौं : नेपाल भ्रमणमा रहेका बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) महासचिव तेन्जिन लेक्फिल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा दुईको भेट भएको हो ।
भेटका क्रममा बिमस्टेक सदस्यको रुपमा नेपालले आगामी कोलम्बो सम्मेलनमा खेल्नुपर्ने भूमिकाबारे चर्चा भएको जनाइएको छ ।
त्यसैगरी, महासचिव लेक्फिलले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्दैछन् ।