प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित गरिएको सूचना टाँस

15k Shares

काठमडौं : पुस २२ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संसद सचिवालयले अर्को बैठक पुस २८ गते बस्ने गरी निर्धारित बैठक स्थगित गरेको जनाएको छ ।

संसद सचिवालयले सूचना प्रकाशन गरी पुस २८ गते दिउँसो १ बजे बैठक बस्ने जानकारी दिएको छ । यसअघि पुस १८ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक नेकपा माओवादी केन्द्रले आफ्नो महाधिवेशन नसकिएको भन्दै स्थगित गर्न माग गरेपछि पुस २२ गतेका लागि बोलाइएको थियो ।

samsad-suchana.jpg

ताजा अपडेट
सम्बन्धित समाचार