कांग्रेस नेता कोइरालाको पार्टी सभापतिलाई प्रश्न-कुन मापदण्ड अपनाएर केन्द्रीय समिति मनोनयन गरिएको हो ?

9.4k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौँ: सत्तारुढ दल नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले कुन मापदण्ड अपनाएर केन्द्रीय समितिमा मनोनयन गरेका हुन् भन्ने प्रश्न गरेका छन् ।

बुधबार आफू निकटको बैठकमा ४ बुँदे धारणा राख्दै उनले सभापति शेरबहादुर देउवाले कुन मापदण्ड अपनाएर केन्द्रीय समितिमा मनोनयन गरेका हुन् भन्ने प्रश्न गरेका हुन् ।

साथै कोइरालाले पार्टीमा लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट गरे पार्टीमा दुर्घटना हुने बताएका छन् । ‘पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नुभएको छ, नियुक्ति पाउनु भएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ र तर के मापण्ड अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो ? हामी जान्न चाहन्छौँ’, उनको ४ बुँदेमा भनिएको छ, ‘सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ । विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्ने कि नगर्नेरु’।

उनले पार्टीलाई नयाँ उचाइमा पुर्याउने अभियानमा विश्राम नलागेको पनि बताएका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार