ओलीलाई भेट्न बालकोट किन पुगे पौडेल? खुल्यो यस्तो रहस्य!

12.4k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । बुधबार ओलीलाई भेट्न पौडेल उनको निवास बालकोट पुगेका थिए ।

पौडेल निकट स्रोतका अनुसार नेता पौडेलले ओलीलाई संसदमा एमालेले गरिरहेको अवरोध हटाउन आग्रह गरेका थिए । दुई नेताबीच समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो ।

नेकपा एमालेले गत भदौ २३ गतेदेखि नै लगातार संसद अवरोध गर्दै आएको छ । तत्कालिन नेकपा एमालेका १४ सांसदलाई निष्कासनको कारबाही गरेकामा सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको भन्दै एमालेले संसदमा बिरोध र नाराबाजी गर्दै आएको छ ।

एमालेको अवरोधका कारण संसदमा महत्वपूर्ण र जनसरोकारको विषयमा छलफल हुन नसकेको भन्दै सत्तारुढ दलका सांसदहरुले असन्तुष्टि जनाएका छन् ।

 

ताजा अपडेट
सम्बन्धित समाचार