आन्दोलन पैसाले होइन विचारले हुन्छ : नेता पौडेल

11.7k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौँः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पैसाकै कारणले आन्दोलन नरोकिने बताएका छन्।

सभापति शेरबहादुर देउवाले आन्दोलन गर्न कांग्रेससँग पैसा नभएको भनी दिएको अभिव्यक्तिप्रति असहमति जनाउँदै पौडेलले पैसाको कारण सरकारको असंवैधानिक कदम विरुद्धको आन्दोलन नरोकिने बताएका हुन् ।

नेपाल प्रेस सुनसरी सुनसरीले आज (आइतबार) विहान इटहरीमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन् । देउवाले नेपाल मगर संघ गण्डकी प्रदेशको सम्मेलनलाई सम्बोधन गर्दै बिहीबार आन्दोलनका लागि कांग्रेससँग पैसा नभएको बताएका थिए ।

त्यसको जवाफमा आज पौडेलले आन्दोलन पैसा होइन विचारले हुने भन्दै सभापति देउवाको आलोचना गरे । सर्वोच्चको फैसला नेपाली कांग्रेसले मान्ने बताएका उनले प्रधानमन्त्री ओलीको पनि आलोचना गरे । पौडेलले भने, ‘प्रधानमन्त्रीले अदालतलाई धम्की दिदै जाँदा देशले साँच्चै नेतृत्व नपाएको अभाव भएको छ।’

कांग्रेस सभापति देउवाकै कारणले प्रधानमन्त्री ओलीलाई अधिनायकवादी बन्न फाइदा पुगेको आरोपसमेत पौडेलले लगाएका छन् । उनले सभापति देउवाले आफ्ना कुरा नसुन्दा कांग्रेस कमजोर बनेको बताए । उनले प्रदेश सरकारविरुद्ध प्रचण्ड–माधव पक्षीय नेकपाले दर्ता गराएको अविश्वास प्रस्तावमा साथ दिनुपर्ने आफ्नो प्रस्ताव पनि देउवाले नसुनेको बताए ।

ताजा अपडेट
सम्बन्धित समाचार