पौडेलको अनुरोधलाई स्वीकार्लान त देउवाले?

9.5k Shares

काठमाडौँ: प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको संयन्त्रको बैठकमा पौडेलले गतिरोध अन्त्यका विषयमा प्रस्ताव पेश गरेका हुन्।

‘विभिन्न गतिरोधले मुलुकलाई अघि बढाउन समस्या देखिएको छ,’ उनले भने, ‘मैले बैठकमा १५ बुँदे प्रस्ताव पेश गरेको छु। भोलि त्यसमाथि छलफल हुन्छ।’

उनले आफूले एमाले अध्यक्ष केपी शर्मा ओली र गठबन्धनमा रहेका दलका नेताहरुलाई सहमतिको बिन्दु खोजेर मुलुकलाई निकास दिन गम्भीर हुन आग्रह गरेको बताए। ‘सहमतिको बिन्दु खोजौं। अदालतको अवरोध, संसदको अवरोध, एमसीसीको अवरोधदेखि जति पनि अवरोध छ ती हटाएर मुलुकलाई गति दिनुपर्यो भनेको छु,’ उनले भने। 

संवाद र छलफलका माध्यमबाट नै समस्याको समाधान हुने भन्दै पौडेलले आफूले प्रधानमन्त्रीलाई प्रमुख प्रतिपक्षी दलको नेतासँग संवाद गर्न आग्रह गरेको बताए। ‘निकास त चाहियो नि,’ पौडेलले भने।

ताजा अपडेट
सम्बन्धित समाचार