एमालेको जिल्ला अधिवेशन आज, ओलीले भर्चुअलबाट सम्बोधन गर्ने

14.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज ६८ वटा जिल्लामा अधिवेशन गर्दैछ । विभिन्न कारणले स्थगित गरिएका ९ जिल्लाका अधिवेशन भने पछि गरिने नेकपा एमालेले जनाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयको एक्सन रुमबाट भर्चुअल रुपमा जिल्ला अधिवेशनको उदघाटन एकसाथ गर्ने नेकपा एमालेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । काठमाडौं जिल्ला अधिवेशनको उदघाटन समारोह मूलपानीस्थित क्रिकेट रंगशालामा आयोजना गरिएको छ ।

त्यहाँ एक लाख मानिस उतार्ने एमालेले दाबी गरेको छ । एमालेले जिल्ला अधिवेशनका लागि सम्बन्धित कमिटीलाई परिचालन गरेको छ । ती जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका नेता तथा तोकिएका जिल्ला इञ्चार्जहरू जिल्ला(जिल्लमा केही दिनदेखि नै खटिएका छन् ।

यसअघि नेकपा एमालेले पालिका अधिवेशन पनि एकसाथ सम्पन्न गरेको थियो । जिल्ला अधिवेशन सकिएलगत्तै प्रदेश अधिवेशनको तयारीमा जुट्ने एमालेले जनाएको छ । प्रदेश अधिवेशन माघ ८ गते तय गरिएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार