काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक्लै चुनावमा जाने बताएका छन् । शुक्रबार पार्टीको जिल्ला अधिवेशनको भर्चुअलमार्फत संयुक्त रुपमा उद्घाटन गर्दै ओलीले सो कुरा गरेका हुन् ।
उनले आगामी निर्वाचनमा एमाले एक्लै चुनौतीको सामना गर्न तयार रहेको बताए । एमालेविरुद्ध हल्ला फिँजाइएको भन्दै उनले भ्रममा नपर्न कार्यकर्ता र आममानिसलाई आग्रह पनि गरे ।
गठबन्धन र नेकपा (एकीकृत समाजवादी)प्रति टिप्पणी थगर्दै आएका ओलीले शुक्रबार गठबन्धनललाई प्रतिमगनको संज्ञा दिए ।
एमालेसँग अहिले पनि जनमत बढी रहेको दाबी गर्दै उनले एकातिर अरु पार्टी र अर्कोतिर एमाले राख्दा पनि एमाले पनि शक्तिशाली रहेको बताए ।