अनेरास्ववियुले  ‘प्रतिगमन’को प्रतीक बनाई जुत्ता हान्ने 

11.1k Shares
सम्बन्धित पार्टी

काठमाडौंः प्रतिनिधिसभा विघटन विरुद्ध नेकपाको प्रचण्ड–माधव पक्षले सोमबार पनि विभिन्न कार्यक्रम गर्दैछ ।

प्रतिगमनको विरोधमा दलित मोर्चाको अगुवाइमा काठमाडौंसहित देशभर विरोध प्रदर्शन हुने उक्त पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय संघर्ष समितिका सचिव डा. विजय पौडेलले जानकारी दिएका छन् । 

उनका अनुसार मोर्चाको अगुवाईमा काठमाडौंको माइतीघरमा दिउँसो १ बजे भेला भएर बानेश्वर पुगेर विरोध सभा गर्ने कार्यक्रम तय भएको हो । यसैगरी विद्यार्थी संगठन अनेरास्ववियुले पनि सोमबार विरोध कार्यक्रम गर्दैछ ।

विद्यार्थी संगठनले ‘प्रतिगमन’विरुद्ध जुत्ता हान्ने कार्यक्रम राखेको जनाएको छ । नारायणहिटी संग्रालय अगाडि ‘प्रतिगमन’को प्रतीक बनाई जुत्ता हान्ने कार्यक्रम रहेको प्रचण्ड–माधव अनेरास्ववियुका सह संयोजक रञ्जित तामाङले जानकारी दिएका छन् ।

प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्र दिउँसो २ बजेलाई तय गरिएको तामाङले जानकारी दिए ।  

 

ताजा अपडेट
सम्बन्धित समाचार