अधिवेशनको उद्घाटन कार्यक्रमका लागि अध्यक्ष ओली सङ्खुवासभामा

10.8k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौं : आज (सोमबार) नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली संखुवासभा जाँदै छन् । एमाले जिल्ला अधिवेशनलाई उद्घाटन गर्न अध्यक्ष ओली संखुवासभा जान लागेका हुन् ।

आजबाट एमाले संखुवासभाको अधिवेशन खाँदबारी बजारको टुडिखेलमा हुँदै छ । त्यसको लागि ओलीसहितका नेताहरू दुईवटा हेलिकोप्टरमार्फत संखुवासभा जान लागेका हुन् । 

एमाले संखुवासभाको अनुसार अध्यक्ष ओलीसहितका नेता हेलिकोप्टरमार्फत जिल्ला प्रहरी कार्यालयको हेलिप्याडमा ओर्लने छन् ।

अधिवेशनमा २५ हजार बढी जनसहभागी हुने आयोजकको दावी छ । ओली आजै काठमाडौं फर्कने कार्यतालिका रहेको छ ।

 

ताजा अपडेट
सम्बन्धित समाचार