काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली युवा नेता गोकुल प्रसाद बाँस्कोटाले संसद पूनःस्थापना नहुने दाबी गरेका छन् ।
र, सूर्य चिन्हपनि प्रधानमन्त्री आली नेतृत्वको नेकपाकै हुने समेत उनको दाबी छ । आज मध्यरातमा सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो दाबी गरेका हुन् ।
बाँस्कोटाले एक, दुई तीन संसद पूनःस्थापना नहुने भन्दै अभिव्यक्ति दिएका हुन् । उनले लेखेका छन्(“अदालतमा विचाराधीन मुद्दालाई बोलेर लेखेर प्रभावित पार्ने हो भने मैले पनि लेखे ल !एक -दुई -तीन संसद पुनःस्थापना हुदैन चुनावपछि नयाँ संसद बन्छ। साथै सूर्य चिन्ह पनि ओलीकै हुन्छ। किनभने वस्तुगत सत्यवाहेक बाँकी सबै भ्रम हुन। प्रतिकृया त जे लाग्छ सो देऊ न।”