पूर्वराजा देखि राष्ट्रपतीसम्मले पृथ्वी सालिकमा माल्यार्पण गर्दा, लाग्यो गणतन्त्र मुर्दावाद,'हाम्रो राजा हाम्रो देश'को नारा

13.1k Shares

काठमाडौं: दरबारबाट बहिर्गमन भइसकेपछि पूर्वराजा ज्ञानेन्द्र शाह १३ वर्षपछि पहिलोपटक सिंहदरबार पुगेका छन् । नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा आज ज्ञानेन्द्र सिंहदरबार पुगेका हुन् । 

उनले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । आफ्ना समर्थकसहित मध्यान्ह साढे १२ जबे सिंहदरबार मूलगेटअघि रहेको शालिकमा पुगेर उनले माल्यार्पण गरेका हुन् । 

उनको माल्यार्पण गर्ने क्रमममा उनका समर्थकले ‘गणतन्त्र मुर्दावाद’ को नारा लगाएका छन् । हातमा राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहको तस्वीर बोकेका समर्थकले गणतन्त्रको विरोधमा नारा लगाएका छन् । उनीहरूले ‘हाम्रो राजा हाम्रो देश, चाहियो चाहियो राजा चाहियो, गणतन्त्र मुर्दावाद, यो व्यवस्था चाहिँदैन’ भनेका छन् । 

हिजै पूर्वराजा ज्ञानेन्द्रले वक्तव्य जारी गर्दै गणतन्त्रप्रति असन्तुष्टि पोखेका थिए । जनताको हित नगर्ने व्यवस्था जति उन्नत भए पनि त्यसलाई लामो समय अभ्यास गर्न नहुने उनको भनाइ थियो ।

विसं २०६५ मा नारायणहिटी दरबारबाट बहिर्गमन भइसकेपछि ज्ञानेन्द्र एकपटक पनि सिंहदरबार छिरेका थिएनन् । आज १३ वर्षको अन्तरालपछि पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्न गएका हुन् । 

पछिल्लोसमय गणतन्त्रप्रतिको जनताको आक्रोश बढेको र पूर्वराजा समर्थित विचार बढ्न थालेपछि ज्ञानेन्द्र पनि सक्रिय बनेका छन् ।  

ताजा अपडेट
सम्बन्धित समाचार