छुटे ललिता निवास प्रकरणमा दोषी ठहरीएका सुवेदी दम्पती 

8.6k Shares

काठमाडौँ : बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेका रामकुमार सुवेदी र उनकी पत्नी माधवी छुटेका छन् ।

उनीहरुलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले छाडेको हो । अनुसन्धानको क्रममा आवश्यक परेको बेला उपस्थित हुने सर्तमा उनीहरुलाई छाडिएको बताइएको छ ।


सीआईबीका प्रमुख धिरज प्रताप सिंहले आवश्यक परेको बेला उपस्थित हुने गरी सरकारी वकिलसँगको समन्वयमा सुवेदी दम्पतीलाई मंगलबार छाडिएको बताए ।

उनीहरुमाथि ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोप लागेको थियो । उनीहरु गत पुस ७ गते पक्राउ पटका थिए ।

ताजा अपडेट
सम्बन्धित समाचार