काठमाडौँ: नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आफैंलाई श्रद्धाञ्जली दिएका छन् । भारतले देशको सिमा मिचेर सडक विस्तार गरेकोमा कोहि नबोलेको भन्दै नेता भण्डारीले पीडाको आहतले आफैंलाई श्रद्धञ्जली दिएका हुन् ।
उनले सामाजिक संजाल ट्विटरमा लेखेका छन्: देशका सिमाना मिचिँदा कोही राष्ट्रवादी नबोल्ले र आन्तरिक कुरामा बवाल गर्ने गरेको उल्लेख गरेका छन् । भण्डारीले भनेका छन्– ‘देश भनेको आमा हुन्,आमा लुटिँदा नबोल्नेलाई जिउँदै मरेको भनिन्छ क्यारे, त्यसैले पीडाले आहत म आफैलाई पनि श्रध्दान्जलि बाहेक म के भन्न सक्छु र !’