काठमाडौं : निर्वाचन आयोगले दलहरुलाई माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न प्रस्ताव गरेको छ ।
शुक्रबार प्रमुख राजनीतिक दलका नेताहरुसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सो प्रस्ताव गरेका हुन् ।
आयोगका पदाधिकारीले स्थानीय तहको निर्वाचनका लागि १२० दिनको समय आवश्यक रहने जानकारी गराएका थिए ।
शुक्रबार निर्वचन आयोगमा सर्वदलीय बैठक बसेको थियो । सो बैठकमा सबै दलका नेता सहभागी थिए ।