काठमाडौं– जनता समाजवादी पार्टी नेपालले बृहत विद्यार्थी भेला गर्ने भएको छ ।
वर्तमान राजनीतिक सन्दर्भमा केन्द्रित हुने भनिएको सो भेला बुधबार दिउँसो साढे १२ बजेपछि काठमाडौंको कालिकास्थानमा रहेको अमृतभोग पार्टी प्यालेसमा हुनेछ ।
भेलाको प्रमुख अतिथीमा पार्टीका केन्द्रिय अध्यक्ष महन्थ ठाकुर, विशिष्ठ अतिथीमा राजेन्द्र महतो र विशेष अतिथीमा सरदसिंह भण्डारी,अनिल कुमार झा,महेन्द्र राय यादव, राज किशोर यादव लगायतको उपस्थिती रहने राष्ट्रिय विधार्थी संघको केन्द्रीय अध्यक्ष मनिष कुमार मिश्र द्वारा बुझिएको छ।
जसपाको राष्ट्रिय विद्यार्थी संघको केन्द्रीय कार्यसमितिले सो भेलाको आयोजना गरेका हुन् ।