देउवालाई सभापति बनाउन मद्दत गरेका नेता सिंहलाई यसरी धन्यवाद दिदै देउवा !

14.6k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै मन्त्रीपरिषद् विस्तार गर्ने भएका छन् । लामो समयदेखि रिक्त रहेको उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रालय र रक्षा मन्त्रालयमा दुई जना मन्त्रीलाई नियुक्त गर्ने भएका हुन् ।

एक दुई दिनभित्रै देशवासीको नाममा सम्बोधन गर्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले लगत्तै दुई मन्त्री र निजी सचिवालय गठन गर्ने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा कार्यरत एक सदस्यले एक दुई दिनभित्रै राष्ट्रका नाममा सम्बोधन गर्ने र सचिवालयलाई पूर्णता दिन लागेको जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री देउवाले खाली रहेका रक्षा र उद्योग मन्त्रालयमा दुई मन्त्री ल्याउने भएका छन् ।

त्यसका लागि उनले पार्टीमा आन्तरिक छलफल अघि बढाएका छन् । रक्षामन्त्रीबाट डा. मिनेन्द्र रिजालले राजीनामा दिएपछि मन्त्रालय खाली छ । सो पदमा कसलाई ल्याउने भन्ने छलफल चलिरहेको छ ।

स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाँणलाई रक्षामन्त्री बनाउने र गृहमन्त्रीमा प्रकाशमान सिंहलाई ल्याउने चर्चा सुरु भएको छ । कांग्रेसको १४औं महाधिवेशनमा नेता सिंहले देउवालाई समर्थन गरेका थिए ।

त्यसबेला नै राजनीतिक भागबन्डाको सहमति भएको कांग्रेस नेताहरू बताउँछन् । कांग्रेसमा आन्तरिक सन्तुलन मिलाइराख्न पनि सिंहलाई मन्त्री बनाउन लागेको बुझिएको छ ।

यस्तै, प्रधानमन्त्री देउवाले खाली रहेको उद्योग मन्त्रालयमा उमेश श्रेष्ठलाई मन्त्री बनाउने चर्चा छ । अहिले श्रेष्ठ राज्यमन्त्री छन् । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने गरी राखिएको छ ।

कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका श्रेष्ठलाई मन्त्री बनाउने देउवाले आश्वासन दिएको र त्यही कारण उद्योग मन्त्रीमा श्रेष्ठ आउने बालुवाटार स्रोतले बतायो ।

उमेशलाई उद्योग मन्त्री बनाउने भएपछि व्यापारीको सातो गएको छ । व्यवसायीक पृठभूमी भएका श्रेष्ठले व्यापारीका कमजोरीमा खेल्दै अफ्ठ्यारो पार्ने आँकलन गर्दै तर्सिएका छन् ।

कतिपयले श्रेष्ठलाई मन्त्री नबनाउन लभिङ पनि थालेका छन् । श्रोतले दिएको जानकारी अनुसार विनोद चौधरीले देउवालाई भेटी उद्योगमन्त्री छान्दा ख्याल गर्न सम्झाएका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार