काठमाडौंः प्रचण्ड नेपाल समुहको नेकपा र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ ।
प्रतिनिधिसभा विघटनको निर्णय बदर भएसँगै मुलुकमा यतिखेर राजनैतिक माहौल तातेको छ । राजीनामा नदिए प्रतिनिधिसभाबाट उनलाई हटाउने समेत तयारी गरेको छ ।
हालको प्रधानमन्त्री हटाएपछि अब कसलाई प्रधानमन्त्री बनाउनेबारे समेत छलफल सुरु भएको छ । तर प्रचण्ड तथा माधव नेपालले यसअघि नै पटक पटक आफुहरु नभइ अरुलाई प्रधानमन्त्री बनाउने अभिव्यक्ति दिइसकेका छन् । सर्वोच्च अदालतको फैसलापछि उत्पन्न परिस्थितिबारे प्रचण्ड र माधव नेकपा समुह पक्ष र नेपाली कांग्रेसको शीर्ष नेतृत्वबीच आज छलफल भेटवार्ता तय हुने भएको छ ।