ओलिको आलोचना गरेर नथाक्ने ढोंग गर्ने माधब-प्रचण्ड अन्तत: एमालेकै पक्षमा,गरे यस्तो घोषणा !

9.8k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं: हरेक सभा तथा सम्मेलनमा सबैभन्दा धेरैे ओलिको आलोचना गर्ने नेताहरु हुन -माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल । तर अहिले सत्ता गठबन्धनमा रहेका प्रमुख तीन दलका शीर्ष नेताले राजनीतिक सहमति जुटे वैशाख÷जेठमा संसदीय र नजुटे स्थानीय तहको चुनावमा जाने समझदारी भएको खबर बाहिरिएको छ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बिहीबार तेस्रो विकल्पका रूपमा तीनवटै चुनाव एकै पटक गर्ने विषयमा समेत छलफल भएको छ ।

यसै सन्दर्भमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेकपा एमालेका पक्षमा खम्बाझै उभिएका छन् । एमालेले अर्लि इलेक्सनको पक्षमा जानुपर्ने भन्दै लामो समयदेखि आवाज उठाइरहेको छ । यसको व्यापक विरोध गर्दै आएका नेपाल पनि यही लाइनमा दह्रोसँग उभिएका हुन् ।

माधब नेपाल सँगको कुराकानिमा उनले भने “केपी ओलीले यसै पनि पहिला दुई पटक संसद्को हत्या गरेकै हुन् । अहिले पनि संसद् चल्न दिँदैनन् । तलबभत्ता सबै सोहोर्न खोज्छन् र संसद् चलेन भन्छन् । यतिबेला देश र जनताको समस्याबारे संसद्मा व्यापक छलफल गर्नुपर्ने हो । ”

नेपालले थपे “तर प्रतिगामी रबैया कायमै छ । ओलीको रबैया संसद्विरोधी, संविधानविरोधी, अग्रगमनविरोधी हो । उनलाई नै संसद् चाहिएको छैन भने यस्तो प्रमुख प्रतिपक्ष देशलाई घाँडो भयो । संसद् चल्न नदिने हो भने भंग गर्दिने र चुनावमा जाने हुन्छ । अरू उपाय नै छैन भन्ने भयो ।”

ताजा अपडेट
सम्बन्धित समाचार