अब ढिला नगरी प्रधानमन्त्रीले  राजीनामा दिनुपर्छः गौतम

9k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौंः नेकपाका उपाध्यक्ष बामदेव गौतमले सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको निर्णयलाई स्वागत गर्दै राष्ट्रपतिले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुपर्ने बताएका छन् । त्यस्तै, प्रधानमन्त्री केपी ओलीले ढिला नगरी तुरुन्त प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने गौतमको भनाइ रहेको छ ।

सर्वोच्च अदालतले मंगलबार प्रधानमन्त्री ओलीले पुसमा ५ गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गर्दै उक्त निर्णय बदर गरिदिएको थियो । यस विषयमा प्रतिक्रिया दिँदै गौतमले अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई पार्टीको सचिवालय बैठक बोलाउन समेत आग्रह गरेका छन् ।

‘प्रधानमन्त्री केपी ओलीले गत पुसमा ५ गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर भएको छ,’ गौतमले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आजको दिन निरंकुशता स्वेच्छाचारिता, अराजकता र दुराचारीताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सार्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो ।’

ताजा अपडेट
सम्बन्धित समाचार