चुनावबारे यस्तो आयो ओलीको प्रतिक्रिया !

11.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरु गत वर्षदेखि नै ताजा जनादेशको पक्षमा उभिएको उल्लेख गर्दै जुनसुकै बेलामा निर्वाचन भएपछि सामना गर्न तयार रहेको स्पष्ट पारेका छन् । पछिल्लो समय सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरुले बैशाखमै संघीय संसद्को निर्वाचन गर्ने भनिरहेको बेलामा एमालेको यस्तो धारणा आएको हो ।

आज (आईतबार) एक विज्ञप्ती जारी गर्दै ओलीले स्थानीय तहको निर्वाचन पर धकेल्ने प्रयास भने आफूहरुलाई स्विकार्य नहुने चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘हाम्रो पार्टी गत वर्षदेखि नै ताजा जनादेशको पक्षमा उभिएको र आज पनि हामी यो मान्यतामा अडिग छौं। हामी जुनसुकै बेलामा निर्वाचन भए पनि सामना गर्न तयार छौं।’

kp1.jpgkp2.jpgkp3.jpgkp4.jpgkp5.jpgkp6.jpgkp7.jpgkp8.jpg

 

ताजा अपडेट
सम्बन्धित समाचार