तीनै तहको निर्वाचनबारे नेकपा एसका अध्यक्ष नेपालले गरे यस्तो घोषणा

10k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं: तीनै तहको निर्वाचनको नयाँ मिति घोषणा गरिएको छ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तीनै तहको निर्वाचन मंसिरमा हुने बताएका हुन् ।

मंगलबार रामेछापका युवाहरूलाई पार्टीमा प्रवेश गराउदै अध्यक्ष नेपालले आगामी तीनै तहको निर्वाचन मंसिरमा हुने बताएका हुन उनले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बाट जनताले केही आशा गर्ने ठाउँ नरहेको टिप्पणी गर्दै भनेका छन एमालेले जहिल्यैपनि वितण्डामात्रै मच्चाउने काम गरेको छ ।

उनले भने,‘केपी ओलीको गुटले सबैतिर वितण्डा मच्चाईरहेको छ । उसलाई वितण्डामात्रै मच्चाउन मन लाग्छ । किनभने सकारात्मक सोच छैन् ।

उसलाई निर्माण गर्नुछैन, ध्वंश मात्रै गर्नुछ । संविधानको रक्षा गर्नुछैन्, संविधानको अक्षर र भावनालाई समाप्त पार्नुछ । लोकतन्त्रलाई धुजा–धुजा पार्नुछ । गणतन्त्रलाई कमजोर बनाउने प्रतिपक्षीबाट आशा गर्ने ठाउँ छैन।’

उनले आफूहरुले लोकतन्त्र जोगाउन चाहेको बताए । उनले भने,‘हामी गणतन्त्र जोगाउन चाहन्छौं । नेपाली सबै सन्दर्भमा पाँच दल मिलेर अघि बढिरहेका छौं,आउने असोज,कार्तिक,मंसिर महिनाम्म केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचनमा जानेछौं।’

 

ताजा अपडेट
सम्बन्धित समाचार