सिके राउतका कार्यकर्ताको गुण्डागर्दी शैली: कुटपिटबाट डाक्टर घाईते !

22.2k Shares
सम्बन्धित पार्टी

काठमाडौँ: सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले एक डाक्टरमाथि कुटपिट गरेका छन् । धनुषामा आज दिउँसो पार्टीका कार्यकर्ताले जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सतीश कुमार सिंहमाथि आक्रमण गरेका हुन् ।

जनकपुरबाट बर्दिबास जाने क्रममा कार्यकर्ताले डा.सिंहलाई जनकपुरको पिडारी चोकमा गाडी तोडफोडका साथै कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ । 

कुटपिटबाट डा.सिंहको मुखमा गम्भीर चोट लागेको छ भने ओठमा आठवटा टाँका लगाइएको छ ।  घाइते साहको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । 

यसअघि जनमत पार्टीका कार्यकर्ताले सर्लाहीको हरिवनका मेयर(उपमेयर सवार गाडी र प्रदेश सांसद अशोक यादव सवार गाडीमा पनि आक्रमण गरेका थिए । 

ताजा अपडेट
सम्बन्धित समाचार