काठमाडौँ – बुधबार भएको राष्ट्रियसभा चुनावमा एमालेले एक सिट मात्रै जित्दा पनि पहिलो दलको सूचीमै रहेको छ। एमालेबाट निर्वाचित आठ जना सांसदको आउँदो फागुन २० गतदेखि कार्यकाल सकिँदैछ।
आठजना घर जाँदा एमालेले बुधबार भएको चुनावमा एक सिट मात्रै जितेको छ। तर पनि राष्ट्रिय सभाको पहिलो दल भने कायम रहने भएको छ।
त्यस्तै कांग्रेसबाट निर्वाचित ३ जनाको कार्यकाल सकिँदा ६ जना निर्वाचित भएका छन्। त्यस्तै माओवादी केन्द्र र एकीकृत समाजवादीबाट चार चार जना बिदा हुँदा पाँच पाँच जना निर्वाचित भएका छन्.
एमालेः अध्यक्षसहित १७ जना
कांग्रेस ः १० जना
माओवादी केन्द्रः १५ जना
एकीकृत समाजवादीः ८ जना
जसपाः ३
लोसपाः १
स्वतन्त्रः १
राष्टिय जनमोर्चाः १
मनोनितः ३ जना
जम्मा ५९ जना