काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश-२को नाम आफूहरु पहिचानका आधारमा प्रदेशको नाम राख्न सफल भएकामा गर्व लागेको बताएका छन् ।
सप्तरीमा बिहीबार आयोजित कार्यक्रमलाई संबोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘पहिचानका आधारमा नामकरण गर्ने मधेश प्रदेश पहिलो भएको छ । अब ढिलो चाँडो संविधानले दिएको अधिकार प्रदेशवासीले पाउनेछन्,’ मन्त्री राउतले भने, ‘हिजोसम्म हामीलाई जुनसुकै व्यवहार गरे पनि आउने दिनमा यो अधिकार पनि लिन्छौं ।’
जनसंख्याका आधारमा मधेश प्रदेश पहिलो रहेको भन्दै मुख्यमन्त्री राउतले अरु विषयमा पनि प्रदेशलाई एक नम्बर बनाउने उनको दाबी गरे ।
‘मुलुकमै जनसंख्यामा १ नम्बर भइसकेका छौँ । अब उद्योगधन्दा सञ्चालन गरेर, कृषिको उत्पादकत्व बढाएर उद्योगी, व्यवसायी, कृषकको चाहना पूरा गरेर यो प्रदेशलाई मुलुककै एक नम्बर प्रदेश बनाउँछौं । विकासका मामिलामा, शान्ति सुरक्षा र समृद्धिको मामिलामा यो प्रदेश नै १ नम्बर रहनेछ ।’