काठमाडौं : नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनमा फ्लोर क्रस गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ ।
बुधबार भएको निर्वाचनमा आफ्ना सांसदले फ्लोर क्रस गरेपछि बिहीबार प्रदेश-१ एमाले कार्यालयले बुधबार फ्लोर क्रस गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने जानकारी दिएको हो ।
बुधबार भएको निर्वाचनमा नेकपा एमालेका सांसदले फ्लोर क्रस गर्दा नेकपा एमालेका सांसद गुरु बराल पराजित भएका छन् ।
