प्रतिनिधिसभाको बैठक १० दिन पछि सर्‍यो

14.1k Shares

काठमाडौँ : आज (आइतबार) का लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको सूचना अनुसार कोरोना महामारी संक्रमणको जोखिम यथावत रहेकाले आजको बैठक बस्न नसक्ने भएकाले सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० दिन पछि सारेका हुन् ।

यसअघिको बैठक भने नेकपा एमालेका सांसद्हरूले अवरोध गर्दै आएका थिए । सभामुखको भूमिकाप्रति आपत्ति जनाउँदै एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार