काठमाडौं: स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध एमाले निकट राष्ट्रिय युवासंघले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।
संघका सहसंयोजक संजिब कुमार सुरज झाको हस्ताक्षरमा अख्तियारीमा उजुरी दिइएको हो ।
मन्त्री खतिवडाले २४ लाख डोज कोरोनाविरुद्धको खोप हिनामिनाबाट २ अर्ब ४० करोड रुपैयाँ बराबर हिनामिना गरेको भन्दै संघले छानबिन गरी कारबाही गर्न माग गरेको छ ।
यस्तै खोप हिनामिनामा संलग्न अन्य व्यक्तिबारे पनि छानबिन गरी कारबाही गर्न भन्दै संघले आयोगमा उजुरी दिएको हो ।
हालै २४ लाख डोज खोप ‘गायब’ भएको सार्वजनिक भएको थियो । सोही विषयलाई लिएर स्वास्थ्य मन्त्रालयले पनि छानबिन समिति गठन गरिसकेको छ ।
युवा संघले कोरोना महामारीबाट जोगाउका लािग केपी ओली नेतृत्वको सरकारले निशुल्क खोप अभियान सञ्चालन गरेपनि बर्तमान सरकारले भने खोपको चरम दुरुपयोग गरेको आरोप लगाएको छ ।