स्थानीय निर्वाचनका लागि सुरक्षा योजना बनाएर पेश गर्न निर्देशन

13k Shares

काठमाडौँ: गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तहको निर्वाचनसम्बन्धी कार्ययोजना पेस गर्न चार वटै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

बुधबार दिउँसो मन्त्रालयमा बसेको बैठकले स्थानीय तहको निर्वाचनसम्बन्धी कार्ययोजना पेस गर्न चार वटै सुरक्षा निकायलाई निर्देशन दिएको हो ।

निर्वाचन आयोगले सरकारलाई आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ । उक्त प्रस्तावमा सरकारले निर्णय गरिसकेको छैन । यद्अपी सरकारले आइतबार जेठ ५ गते निवार्चन गर्ने समझदारी गरेको छ ।  तर, सुरक्षा निकायलाई तयार रहन र आवश्यक सुरक्षा रणनीतिबारे छलफल गर्न बैठक बसेको थियो ।

बैठकमा गृह सचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलको उपस्थिति थियो । सुरक्षा निकाय प्रमुखले निर्वाचन सुरक्षासम्बन्धी आ-आफ्नो धारणा राखेका थिए ।

ताजा अपडेट
सम्बन्धित समाचार