जनमतका महोत्तरी जिल्ला उपाध्यक्षसहित ६ जना पक्राउ

12.8k Shares
सम्बन्धित पार्टी

काठमाडौँ: सरकारले किसानको माग नसुनेको भन्दै पूर्व-पश्चिम राजमार्ग बन्द गराउन आन्दोलनमा उत्रेका महोत्तरीका ६ जना नेता तथा कार्यकर्तालाई बर्दिबासबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।

पक्राउ पर्नेमा जिल्ला उपाध्यक्ष मकसुधन महतोसहित रहेको इलाका प्रहरी कार्यालय गौरिडाँडाका प्रमुख वीरेन्द्र थापाले जानकारी दिए। पक्राउ पर्ने अन्यमा पिपरा गाउँपालिकाका धिरेन्द्र साह, बर्दिबास-६ का विनोदकुमार महतो, बलवा नगरपालिका-६ का वडाध्यक्ष नारायण साह, पिपरा गाउँपालिकाका अजितकुमार ठाकुर, गौशाला नगरपालिका-१ का वडाध्यक्ष वीरेन्द्र महतो छन्।

 

ताजा अपडेट
सम्बन्धित समाचार