काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतको फैसलापछि राजीनामा माग भइरहँदा उहाँले कुनै पनि हालतमा राजीनामा नदिने जनाए ।
प्रचण्ड–नेपाल पक्षलाई सरकार बनाउन नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले समर्थन नगर्ने उहाँको दावी छ । प्रधानमन्त्री ओलीले भने, "आफूले राजीनामा दिए देशमा अस्थिरता आउने" त्यसलाई ठाडै अश्विकार गरेको बताए । प्रधानमन्त्रीका हरेक निर्णयमा राष्ट्रपतिले साथ दिएको भन्दै राष्ट्रपतिको आलोचना गर्नेहरु गणतन्त्र विरोधी रहेको ओलीको आरोप छ । प्रधानमन्त्री ओलीले भने हाम्रो नेकपा समुहलाई बाहिर राखेर सरकार गठनको प्रयास गर्ने त्यस्तो संभावना नरहेको बताए ।