काठमाडौं, राष्ट्रियसभा सदस्य एवम् नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमसीसी फिर्ता लैजान अमेरिकालाई आग्रह गर्नु भएको छ ।
गौतमले एमसीसी फिर्ता लैजाँदा नै श्रेयकर हुने उल्लेख गर्दै आज एक विज्ञप्ती समेत जारी गर्नु भएको छ ।

उहाँले विज्ञप्ती मार्फत एमसीसीले नेपालको हितभन्दा जनमत विभाजन ल्याउने भएकाले अहित हुने देखिएको दाबी गर्नु भएको छ ।