काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गरेपछि पदाधिकारीको अनौपचारिक बैठक आज बस्दै छ ।
अध्यक्ष राजेन्द्र लिङदेनसहित पदाधिकारीहरूको बैठक बस्न लागेको महामन्त्री भुवन पाठकले जानकारी दिएका छन ।
अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न लागेको उनको भनाई छ । उनले भने “बृहत् समिक्षात्मक बैठक पछि बस्ला, अहिले हामी पदाधिकारीहरू अनौपचारिक बैठक बस्छौँ । म अध्यक्षज्यू भेट्न जाँदै छु ।”
थापाले आज पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।