काठमाडौं । आज आइतबार जनकपुरमा प्रेस संगठन प्रदेश २ को भेला बीच नेकपा (प्रचण्ड–नेपाल) समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले सम्बोधन गर्दै भने, “केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नदिएर टसल गर्न आए उनका लागि वियोगान्त हुने” बताए । राजीनामा नदिए प्रतिनिधि सभाले विकल्प खोज्ने उनको भनाइ रहेको छ ।
भट्टराईले भने, तीन करोड नेपालीको भाग्य र भविष्यमाथि खेलबाड गर्ने प्रधानमन्त्रीलाई कारवाही नगरेर प्रतिनिधि सभाले आफ्नो मृत्यु पत्रमा सही गर्ने छैन । आफ्नो मलामी आफैँ जाने घातक निर्णय गर्ने छैन । सर्वोच्च अदालतले फैसला गरिसक्दा पनि प्रधानमन्त्री पदमा बसिराख्नु अनैतिक भएको उनले दाबी गरे । नैतिकरूपमा पद त्याग गर्नु आजका लागि उत्तम विकल्प र ओलीमाथि कारवाहीको दाबी गर्ने बताए ।