काठकमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको आज पदाधिकारी बैठक बस्दै छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो साढे २ बजे बैठक बस्न लागेको हो ।
पार्टी प्रवक्ता प्रकाश शरण महतका अनुसार कार्यसम्पादन समिति बैठकको तयारीस्वरूप पदाधिकारी बैठक बस्न लागेको छ।
मंगलबार बसेको पदाधिकारी बैठकले कार्यसम्पादन समिति बैठकका एजेण्डा तय गरेको थियो । सो बैठकमा पार्टी सभापति शेरबहादुर देउवा भने उपस्थित थिएनन् ।
आजको बैठकमा स्थानीय चुनाव, भ्रातृ संस्थाका अधिवेशन र बाँकी १६ जिल्लाको अधिवेशनबारे छलफल हुने बताइएको छ ।