काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचनलक्षित बजेटबारे छलफल भएको छ ।
बुधबार गृह मन्त्रालयमा भएको छलफलमा निर्वाचनलक्षित बजेटमा पनि विशेषगरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी)का लागि अत्यावश्यक सवारीसाधन र बन्दोबस्तीका सामानबारे छलफल भएको हो ।
नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख सहसचिव डा.भीष्मकुमार भुसालका अनुसार गृह मन्त्रालयले बिहीबारसम्म चालुतर्फको समेत बजेट यकिन गरेर अर्थ मन्त्रालयमा पठाउनेछ ।
अर्थमन्त्री शर्माले निर्वाचनमा अर्थ मन्त्रालयलाई परेको चापबारे अवगत गराउँदै अत्यावश्यक गर्नैपर्ने विषयबारे जानकारी गराउन आग्रह गरेका थिए ।गृहमन्त्री खाँणले अर्थ मन्त्रालयलाई परेको दबाबबारे गृह मन्त्रालय सचेत रहेको भन्दै नभई नहुने विषयवस्तुबारे अवगत गराइने बताए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनमा खटिनका लागि सवारीसाधन र बन्दोबस्तीका सामान माग गरेपछि गृहमन्त्री खाँणले अर्थसँग छलफल गरेका हुन् ।