एमाले अध्यक्ष ओली रौतहट जाँदै

14.7k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अगामी फागुन १७ गते रौतहट जाने भएका छन् ।

 

 मौलापुर नगर प्रमुख रिना कुमारी साहको निमन्त्रणामा प्रमुख अतिथिको रूपमा मधानी  महायज्ञको उद्घाटन गर्न अध्यक्ष ओली रौतहट जान लागेका हुन् । 

 


मेयर साहको नेतृत्वमा बालकोट पुगेको टोलीले मौलापुरमा हुने महायज्ञको प्रमुख अतिथिका रूपमा आएर उद्घाटन गर्न अनुरोध गरेको थियो । 

 

मौलापुर ५ पतौरास्थित पुरातात्त्विक महादेव मन्दिरमा  महाशिवरात्रिको अवसरमा नगरपालिकाको आयोजनामा महायज्ञ हुन लागेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिएका छन। 

ताजा अपडेट
सम्बन्धित समाचार