एमसीसीको विरोधमा आज साना दल सडकमा उत्रिदै

13.8k Shares


 

काठमाडौँ। साना वामपन्थी दलहरूले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा आज काठमाडौँमा प्रदर्शन गर्दैछन् ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार आज उनीहरूले प्रदर्शन गर्न लागेका हुन् । कार्यक्रम अनुसार उनीहरूले आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवन नजिक प्रदर्शन गर्दै छन । 


आन्दोलन गर्ने वामपन्थी दलहरूमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल), मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजित बुढाथोकीको नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी रहेका छन् ।

यस्तै सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा नेपाल पनि उक्त आन्दोलनमा सामेल हुने भएका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार