कमल थापाले राष्ट्रिय एकता पार्टी नामक नयाँ दल खोल्दै , चुनाव चिन्ह मन्दिर 

8.7k Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग भएको घोषणा गरेका कमल थापाले नयाँ पार्टी खोल्ने भएका छन्।

 

थापाका सहयोगी राजाराम बड्तौलाका अनुसार नयाँ पार्टी खोल्ने विषयमा बुधबारबाट छलफल गरिने र केही दिनमा घोषणा हुने छ। बड्तौलाले भने ‘नयाँ पार्टी खोल्ने परिस्थिति तयार हुँदै गएको छ , एक – दुई दिनमै घोषणा हुन्छ ।’ 

 

थापाले आफ्नो नयाँ पार्टीको नाम समेत जुराइसकेको स्रोतको दाबी छ । स्रोतका अनुसार नयाँ दलको नाम राष्ट्रिय एकता पार्टी र चुनाव चिह्न मन्दिर रहने छ ।

 

थापा निकट स्रोतका अनुसार नयाँ पार्टीको नाममा राप्रपा शब्द जोडिने छैन। पार्टीको नाममा राप्रपा शब्द नजोडे राप्रपा फुटाएको सन्देश नजाने थापाको बुझाइ रहेको छ ।

 

थापाले २०७६ सालमा एक सार्वजनिक कार्यक्रममा भगवद् गीता छोएर कहिल्यै पनि आफूले राप्रपा नफुटाउने कसम खाएका थिए।

 

ताजा अपडेट
सम्बन्धित समाचार