माओवादीको केन्द्रीय समिति बैठक प्रज्ञा भवनमा बस्दै, केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउने तयारी 

9.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने भएको छ । 

 

माओवादीले यही माघ २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ । बैठकबाट केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउने माओवादीले जनाएको छ । 

 

माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ । 

 

बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), स्थानीय तहको चुनाव घोषणापछिको अवस्थालगायतका विषयमा छलफल हुने बताइएको छ ।

 

बैठक बिहान ११ बजेदेखि सुरु हुने अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ । माओवादीले हालसम्म पदाधिकारी चयन गर्न सकेको छैन ।

 

महाधिवेशन सम्पन्न भएपछि बसेको पहिलो बैठकले पार्टी अध्यक्षमा दाहाललाई सर्वसम्मत चयन गरेको थियो । पार्टी पदाधिकारीको टुङ्गो लगाउन भन्दै गएको पुस २५ गते बैठक बोलाइएको भए पनि पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी र केन्द्रीय नेतामा कोरोना सङ्क्रमण देखिएपछि बैठक स्थगित भएको थियो । 

 

ताजा अपडेट
सम्बन्धित समाचार