जनता समाजवादी पार्टी मोरङ जिल्ला अध्यक्षमा अर्का अध्यक्ष मो.कादिर चयन भएका छन् । गत साता जसपा एकता कार्यदलले मोरङमा पार्टीको समायोजन गरी राजकुमार यादवलाई अध्यक्ष चयन गरेका थिए ।
यादवको नेतृत्वमा २५ सदस्यीय कार्यकारणी समिति र २ सय ५१ सदस्यीय जिल्ला कार्य समितिलाई सपथग्रहण गराइएको थियो । जसपाका केन्द्रिय कार्यकारणी सदस्य युवराज कार्कीले सबै जनालाई सपथ ग्रहण गराएका थिए ।
शनिबार विराटनगरको अतिथि सदनमा केन्द्रिय सदस्य अम्रेन्द्र साहको अध्यक्षतामा आयोजित एक कार्यक्रम बिच उनलाई यादव पछिको अर्को अध्यक्ष घोषणा गरिएको हो ।
तर,जिल्ला अध्यक्ष कसलाई मान्ने बारे अझ पनि क्लियर हुन सकेको छैन । जनता समाजवादी पार्टीकै अर्को खेमाले मो.कादिर आफू खुसी अध्यक्ष बनेको आरोप लगाएका छन् । पार्टीले घोषणा गरेका अध्यक्ष राजकुमार यादव खेमाका समुहले मो.कादिर आफू खुसी अध्यक्ष बनेको दाबी गर्दै आएका छन् ।
कार्यक्रममा केन्द्रीय सदस्य तबरेज-हक, सत्यनारायण साह, केन्द्रीय नेता डा.सुरेन्द्र कुमार झा लगायतको उपस्तिथि रहेको थियो ।