किसानको माग पूरा नगरे चुनावमा अवरोध गर्ने सीके राउतको चेतावनी 

11.1k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले किसान आन्दोलनको माग पूरा नभए स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएका छन ।  

 

बुधबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै उनले किसानको माग पूरा नगरे तराई मधेश क्षेत्रमा स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने बताएका हुन् ।किसानका विभिन्न माग राख्दै हाल राउत नेतृत्वको पार्टीले मधेश प्रदेशका विभिन्न शहरमा लगातार प्रदर्शन गर्दै आइरहेको छ ।

 

‘पहिला किसानको माग सम्बोधन होस् तब मात्रै स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं’ उनले भने, ‘नभए अरु ठाउँमा त म भन्न सक्दिन तराई मधेशमा झापादेखि बाँके, बर्दिया, कैलाली कञ्चनपुरसम्म हामी अवरोध गर्नेछौं ’ राउतले भने । 

 


आफूहरुले उठाएका सबै ११ वटा माग पूरा गर्न नसके पनि कम्तीमा किसानका माग मात्रै भए पनि पूरा गर्नुपर्ने उनको भनाइ छ । अहिलेको निर्वाचन प्राणाली विकृत रहेको बताउँदै उनले निर्वाचनबाट पनि ठूलो परिवर्तन नआउने धारणा राखेका छन । 

 

ताजा अपडेट
सम्बन्धित समाचार