सम्झनामा मात्र सुशिल कोइराला, यस्तो छ उनको राजनीतिक योगदान  

18.7k Shares
सम्बन्धित पार्टी

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति सुशिल कोइरालाको बुधवार सातौं स्मृति दिवस हो ।

नेपालको ३७ औं प्रधानमन्त्री बनेका कोइरालाको २०७२ माघ २६ गते काठमाडौमा निधन भएको थियो । कोइराला २०७० माघ २७ गतेदेखि २०७२ असोज २३ गतेसम्म नेपालको प्रधानमन्त्री पदमा रहेका थिए । 

कोइरालाकै नेतृत्वमा रहेको सरकारले २०७२ असोज ३ गते संविधान सभाबाट नेपालको संविधान २०७२ जारी गरेको थियो । कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा निकै ठूलो योगदान दिएका छन । 

कोइरालाले पार्टीमा लामो समयसम्म केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापति भएर काम गरेका थिए । पार्टीको एघारौं महाधिवेशनपछि उनले पार्टीको कार्यवाहक सभापतिका हैसियतले काम गरेका हुन । 

 कोइराला २०६७ सालमा काठमाडौंमा भएको कांग्रेसको १२ औं महाधिवेशनमा सभापतिमा निर्वाचित भएका थिए । कोइरालाको जन्म सन् १९३९ मा बिराटनगरमा भएको थियो ।

 

ताजा अपडेट
सम्बन्धित समाचार