स्थानीय तहमा तदर्थ समिति गठन गर्न महन्थ ठाकुरको निर्देशन

23.5k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा ) का अध्यक्ष महन्थ ठाकुरले स्थानीय तहको पालिका संयोजक तोकेर तदर्थ समिति गठन गर्न पार्टीका जिल्ला कमिटीलाई निर्देशन दिएका छन् ।

 अध्यक्ष ठाकुरले  स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै सो निर्देशन दिएका हुन् । चुनावको मिति घोषणा भइसकेकाले तत्कालै तदर्थ समिति गठन गर्न उनले निर्देशन दिएका छन।


पालिकाको तदर्थ समिति गठन गरी केन्द्रलाई जानकारी गराउने त्यसपछि वडा समितिहरु गठन गर्न निर्देशन दिँदै अध्यक्ष ठाकुरले यस्ता पालिका र वार्ड समितिहरु गठन गर्दा यथाशक्य सबैलाई समेटेर समावेशिताको सिद्धान्तलाई समेत मध्येनजर गर्दै आवश्यक परे विधानमा तोकिएको संख्यामा ५० प्रतिशत थप गरी गठन गर्न अध्यक्ष ठाकुरले  निर्देशन दिएका हुन । 


उनले इकाई अध्यक्ष मात्र स्थानीय तहको दावेदार हुने नभई , योग्य उम्मेदवारलाई पार्टीद्वारा उम्मेदवारका लागि टिकट दिइन सन्देश पुर्याएर समेत तदर्थ समिति गठन गर्न पनि निर्देशन दिएका छन् । साथै उनले उपमहानगर पालिका र महानगर पालिकाको तदर्थ समिति केन्द्रबाट नै गठन हुने समेत स्पष्ट पारेका छन् ।  

 

No description available.

ताजा अपडेट
सम्बन्धित समाचार