काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ।
छलफलमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी रहेका थिए।
उनीहरूबीच समसामयीक राजनीति, एमसीसी र स्थानीय चुनावका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवालाई भेट्न दाहाल र नेपाल बिहीबार बिहान बालुवाटार पुगेका थिए।