काठमाडौं । अमेरिकी अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई लिएर नेपालमा भैरहेको बहसलाई लिएर राजदूत र्यान्डी जे बेरीले असन्तुष्टि जनाएका छन् ।
बिहीबार ट्वीटरमार्फत बेरीले भनेका छन् ‘म जान्न उत्सुक छु । तपाईंले अनलाइनमा अफवाहहरुको पहिचान कसरी गर्नुहुन्छ ? म जिज्ञासु छु, तपाईंले कसरी अनलाइनबाट जानकारी लिनुहुन्छ । चम्किला अक्षरबाट ? विश्वसनिय नभएका दावी गरिएका स्रोतबाट ? के तपाईंले सूचनाको तथ्यजाँच वा वैकल्पिक दृष्टिकोण एकीकृत गर्नुहुन्छ ?’

उनले उक्त ट्वीटर पोस्ट कुनै स्पष्ट कुराप्रति लक्षित नगरेपनि एमसीसीलाई लिएर नेपाली मिडिया र सामाजिक संजालमा आइरहेका सूचनाप्रति असन्तुष्टि रहेको सोझै बुझ्न सकिन्छ ।
यसअघि नेपाल भ्रमणमा आएको बेला एमसीसी उपाध्यक्ष फतिमा सुमार र अमेरिकी उपविदेशमन्त्री डोनाल्ड लूले पनि गलत सूचना हावी भएको गुनासो गरेका थिए ।
राजदूत बेरीको यो ट्वीटलाई पनि लू र सुमारकै असन्तुष्टिको अर्को निरन्तरताको रुपमा हेरिएको छ ।