ओलीलाई प्रचण्डको फोन : के के भयो कुराकानी ?

14.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पास गर्छौं भनेर अमेरिकासँग गरेको प्रतिबद्धता पूरा गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनौती दिएका छन् ।

 

सत्ताधारी दलहरुले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएपछि एमसीसीबारे पास गर्छौं भनेर अमेरिकासँग भनेको भन्दै ओलीले अब त्यो प्रतिबद्धता पूरा गर्न चूनौती दिएका हुन् ।

 


एमसीसी पास गर्ने निर्णय गर्न भन्दै बिहीबार साँझ प्रचण्डले ओलीलाई फोन गरेका थिए । ओलीले त्यसबारे सत्ताधारी दलहरुले नै निर्णय गर्नुपर्ने जवाफ दिएका छन ।

 

‘प्रचण्डले ओलीसँग एमसीसीबारे कि अहिले नै सबै दल मिलेर निर्णय गरौं या त चुनावपछि पारित गर्छौं भनेर अमेरिकालाई संयुक्त रुपमा भनौं भन्ने प्रस्ताव गरेका थिए । जवाफमा ओलीले एमसीसी माओवादीका लागि आराजस्तै भएको प्रतिक्रिया दिएका छन ।

 

अमेरिकी सहायक मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरेर एमसीसी यही फागुन १६ गतेभित्रमा अनुमोदन नभए फिर्ता हुने र नेपालसँगको सम्बन्धबारे पुनर्विचार गर्ने चेतावनी दिएपछि दलहरुमा दबाव बढेको छ । त्यही दबावका कारण प्रचण्डले ओलीलाई फोन गरेका थिए ।

 

 

ताजा अपडेट
सम्बन्धित समाचार